राजनीतिविश्वसमाचार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार

जेपालअखबार, एजेन्सि। पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कार भित्रै बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका हुन् । राणा सनाउल्लाह त्यतिबेला पञ्जाब विधानसभाबाट जाँदै थिए ।

यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए । यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो । पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकार छ । तर, पीएमएल–एन यहाँ आफ्नो मुख्यमन्त्री बनाउने कोसिसमा जुटेको छ ।

सनाउल्लाहले पत्रकार सम्मेलनमा यो दाबी गरे कि सुरक्षा एजेन्सीहरूले पीएमएल–एन नेताहरूलाई सभामा जानबाट रोकेका थिए, तर उनीहरूले यो गैरकानुनी आदेशलाई मानेनन् ।

पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीको विश्वासको मतलाई लिएर पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पञ्जाबको गठबन्धन सरकारबीच विगत केही दिनदेखि विवाद चलिरहेको छ ।

यही कारणले गर्दा राणा सनाउल्लाह सभाको बैठकमा नेताहरुलाई भेट्न पुगेका थिए ।

the authoradmin