राजनीतिसमाचार

राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना :पूर्वप्रधानमन्त्री खनाल

राष्ट्रिय एकता दिवसको अवसरमा  पूर्वप्रधानमन्त्री झलनाथ खनाल शुभकामना  व्यत्त गरेका छन् ।  पूर्वप्रधानमन्त्री झलनाथले हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता श्री पृथ्वी नारायण शाहको ३०१ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शान्ति, एकता, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन्  । राजा श्री पृथ्वी नारायण शाहले शुरु गरेको ऐतिहासिक एकिकरण अभियान, हाम्रा पूर्वजहरुको देशभक्तिपूर्ण र गौरवमय संघर्ष र योगदान तथा वँहाहरुका वीरतापूर्ण प्रयत्नका कारण नेपाल आज सम्म सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको  बताएका छन् ।
गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका अनेकौ साना, मझौला राज्यहरु एकीकृत हुदै नेपाल राज्यको राजनीतिक, भौगोलिक र भावनात्मक एकीकरण भएको तथ्य इतिहासमा अविस्मरणीय छ । यसरी एकीकृत भएको राज्य नेपाल आज संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा विकसित र स्थापित भै रहेको बताए ।
अब हामीले एउटा सबल, एकतावद्ध, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, लोकतान्त्रिक र समाजवादी नेपाल निर्माण गरेर मात्र एकिकरणका योद्धाहरु, हाम्रा वीर पूर्खाहरु, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकांक्षा अनुरुपको “समृद्ध नेपाल र सुखी नेपाली” को सपना साकार पार्न सक्छौँ । तसर्थ, आजको राष्ट्रिय एकता दिवसको अवसरमा हामी सबै मिलेर राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै देशलाई समाजवादको दिशातर्फ छिटछिटो अघि बढाउन  सबैलाई आग्रह गरेका छन्  ।
the authoradmin