Monday, July 6

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाए

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।

Advertisement

प्रदेश सभाको आज बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो।

Advertisement
Advertisement

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए।

Advertisement

ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले सांसद मित्रलाल बस्यालले भने मतदानमा भाग लिएनन्।

६० सदस्य रहेको प्रदेश सभामा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठन गर्न आह्वान गर्दा मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन दिएका सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ भने आजको बैठकमा उपस्थित भएनन्।

अधिकारी मुख्यमन्त्रीमा पुस २५ गते नियुक्त भएका थिए।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने बताएका छन्।

गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुंगो भने लाग्न सकेको छैन।

एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङ मन्त्रीमा नियुक्त भएका छन्।