समाचारसमाज

करेन्ट लगाएर माछा मार्दा पाल्पामा एक जनाको मृत्यु

नेपालअखबार, पाल्पा । पाल्पाको माथागढीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । माथागढी वडा नं. १ अगाहा खोलामा माछा मार्नेक्रममा रम्भा गाउँपालिका वडा नं. ४ का ३० वर्षीय विष्णुबहादुर थापाको ज्यान गएको हो ।

शनिबार खोलामा हुक लगाएर करेन्टले माछा मार्ने क्रममा घाइते भएका थापाको उपचारको क्रममा शनिबार राति साढे ९ बजे मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

उक्त खोलमा माछा मार्न गएका अन्य आठ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

the authoradmin