ग्यालरीधर्म/संस्कृतिपर्यटनसमाचारसमाजहाइलाइट-समाचार

टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना (हेर्नुस १० फोटोमा)

मोहसिन अलि मियाँ
गोरखा ।
पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो ।

शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट सेनाको टोली त्यसतर्फ निस्किएको हो । टोलीलाई एक विशेष कार्यक्रमका बिच पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे लगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् ।


टर्च, नेपालको झण्डा बोकेर पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्वल केसीले बताए ।

उक्त टोलीमा हाल गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका १० जना सैनिकहरु परम्परागत पोशाकमा रहेको बताइएको छ ।

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुग्नेछन् । धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा धादिङको देविदत्त गणका टोलीलाई बुझाउने कार्यक्रम छ ।

यसैगरी धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौलाई हस्तान्तरण गरेपछि उक्त टोली २७ गते काठमाण्डौं आयोजित पृथ्वी जयन्यतीमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

the authoradmin

1 Comment

  • सलाम तिम्राे भावनालाइ, सलाम तिम्राे उत्साहलाइ र शुभकामना तिम्राे यात्रालाइ ।

Leave a Reply