Saturday, July 18

अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताएका छन्।

Advertisement

अन्य संवैधानिक पदमा कांग्रेससँग मिलेर जाने कुरा भएको उनले बताए। बुधबार नेपालले धुम्बाराहीमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।

Advertisement
Advertisement

भेटपछि  संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने विषयमा सकारात्मक छलफल भएको बताए।

Advertisement

‘हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिँदैन। सभामुख र राष्ट्रपतिसहित अन्य संवैधानिक पदमा मिलेर अघि बढ्ने सवालमा सकारात्मक छलफल भयो,’ उनले भने।

प्रधानमन्त्रीले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेसले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे छलफलका लागि तयार रहेको जानकारी गराएको थियो।

बुधबार कांग्रेस सभापति देउवाले अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन्।

सत्ता गठबन्धनले उपराष्ट्रपति पद जसपालाई नदिने संकेत गरेपछि जसपा रूष्ट बनेको छ।