राजनीतिसमाचार

पार्टीको मूल नीति बनाउन झलनाथको संयोजकत्वमा समिति गठन

Nepal Akhabar

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले नेता खनालको संयोजकत्वमा समिति गठन गरेको हो ।

खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक मूल नीति र  पार्टी  निर्माणको मूल दिशाको बारेमा मस्यौदा तयार गर्नेछ ।

उक्त मस्यौदा पार्टी कमिटीहरुबाट अनुमोदन भएपछि कार्यान्वयनमा लगिने जनाएको छ ।  खनाल नेतृत्वको मस्यौदा समितिको सदस्यमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल, जगन्नाथ  खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश बिक रहेका छन् ।

the authoradmin