प्रदेश ४राजनीतिसमाचार

अनेरास्ववियुको केन्द्रमा गोरखाबाट पाँच जना चयन

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रमा गोरखाबाट पाँच जना चयन भएका छन् । जसमध्ये पूर्व माओवादीका ४ र पूर्व एमालेबाट १ जना परेका छन् ।

अनेरास्ववियुको केन्द्रिय सदस्यमा राजन आले मगर, रामकृष्ण भट्ट र प्रविन श्रेष्ठ चयन भएका हुन् । आले र भट्ट पूर्व माओवादी निकट र श्रेष्ठ पूर्व एमाले निकट हुन् ।

त्यस्तै अनेरास्ववियुको केन्द्रिय निर्वाचन आयोग सदस्यमा विकास भट्टराई र लेखा समिति सदस्यमा बाबुराम नेपाली चयन भएको नेकपाका जिल्ला कार्यालय सचिव अंकुर तिमल्सिनाले जानकारी दिए । उनिहरु दुवै पूर्व माओवादी निकट हुन् ।

त्यस्तै केन्द्रिय सदस्यमा टक्सार घर भएकी मुना काप्री समेत चयन भएकी छिन् । उनलाई प्रदेश नम्बर ३ बाट मनोनित गरिएको बताइएको छ ।

the authoradmin

Leave a Reply