Saturday, July 18

काठमाडौंमा सिभिल मलमा एक पुरूषले आफैंमाथि लगाए आगो

नेपालअखबार, काठमाडाैं । काठमाडौंमा एक जना पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्।

Advertisement

बिहीबार पौने १२ बजे काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

Advertisement
Advertisement

अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्।

Advertisement

उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए।

उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान प्रहरी वृत्त जनसेवाबाट भइरहेको छ।