Sunday, May 10

इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो ।झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा थियो । सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ ।

Advertisement

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख/उपसभामुखमा एकजना महिला अनिवार्य छ ।