Monday, July 6

ओलीले भने माधव नेपालको छेउमा बसेपछि- ओहो, फेरि सँगै परिएछ

नेपालअखबार, काठमाडाैं । शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहण थियो। संवैधानिक प्रमुखहरूको शपथग्रहणमा उपस्थित हुने परम्परा अनुसार पूर्वप्रधानमन्त्रीहरू पनि पुगेका थिए।

Advertisement

समारोहमा उपस्थित हुने पूर्वप्रधानमन्त्रीहरूमा थिए, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल।

Advertisement
Advertisement

सभामुखको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरू एकै लहरमा बसेका  थिए। संयोगले पूर्वप्रधानमन्त्री नेपाल केपी ओलीको छेउमै परे।नेपालको छेउमा बाबुराम भट्टराई  थिए।

Advertisement

आफ्नै छेउमा नेपाल परेपछि ओलीले ठट्टा गरेको पूर्वप्रधानमन्त्री भट्टराईले बताए।

‘सँगै परेपछि ओलीजीले ओहो, हामी फेरि सँगै परिएछ भनेर ठट्टा गर्नुभयो। एकछिन हाँसीमजाक भयो,’ उनले भने।

ओलीको टिप्पणीप्रति नेता नेपाल मौन रहे। छेउमै रहेका भट्टराईले भने सँगै पर्नु राम्रै रहेको प्रतिक्रिया दिए।

‘सँगै पर्नु त राम्रो हो। यसरी धेरै सँगै परियो भने माया पलाउँदैछ जान्छ भनेर मैले पनि ठट्टा गरें,’ भट्टराईले भने।

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ११ मा शपथ लिँदा कुराकानी भएको थियो।  त्यसबेला दुई नेताबीच सामान्य कुराकानी भएको थियो।

सभामुख घिमिरेको शपथग्रहणम पनि दुई नेताबीच संवाद भएको छ।