खेलकुदप्रदेश ४समाचारसमाज

१४ बर्षपछि गोरखा युथ क्लबको अधिवेशन, अध्यक्षमा सुमन

गोरखा । गोरखा युथ क्लबको छैटौ अधिवेशन सम्पन्न भएको छ । झण्डै १४ बर्षदेखि निष्कृय रहेको क्लबको छैटौ अधिवेशनबाट अध्यक्षमा सुमन गुरुङ सर्वसमत चयन भएका छन् ।

२०४७ साउन १० गते जिल्ला प्रशासन कार्यालय गोरखामा दर्ता भई २०६२ सालसम्म जिल्लाको बिभिन्न खेलकुद लगायत सामाजिक कार्यमा सकृय रहेको क्लब १४ बर्षअघिदेखि निष्कृय अवस्थामा थियो ।

क्लबलाई पुर्नजन्म दिई सामाजिक कार्यमा सकृय बनाउने उदेश्यले अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको पूर्व अध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए ।

क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको हो । जसको उपाध्यक्षमा प्रविन बस्नेत, सचिवमा अमित खत्री, सहसचिवमा आनन्द गुरुङ, कोषाध्यक्षमा कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा संगमबाबु श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बाल विक, सुमन कार्की, दिपक थापा, सरोज श्रेष्ठ, विक्रमराज श्रेष्ठ र अयोध्या जोशी रहेको निर्वाचन अधिकृत गोविन्द गुरुङले जानकारी दिए । अधिवेशनले नै क्लबका पूर्व अध्यक्षद्धय भगवानबाबु मास्के र रञ्जितकुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको बताइएको छ ।

वि.स. २०४३ सालमा गठन भई २०४७ सालमा दर्ता भएको क्लबले तत्कालिन समयमा जिल्लाको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको संस्थापक अध्यक्ष रंगुबाबु श्रेष्ठले बताए ।

युवाहरुलाई एकतावद्ध बनाएर खेलकुदसंगै सामाजिक कार्यमा सकृय बनाउने उदेश्यले क्लबको स्थापना भएको उनको भनाई छ ।

तत्कालिन क्लबका पदाधिकारी एवं सदस्यहरुले बिभिन्न पेशा, ब्यवसायका सिलसिलामा जिल्ला छोडेका कारण क्लब निष्कृय हुन पुगेको पूर्वसचिव हरिबाबु मास्केले बताए । २०६२ सालदेखि निष्कृय रहेको क्लबलाई १४ बर्षपछि नविकरण समेत गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै गोरखा जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आगामी दिनमा एन्फाले सञ्चालन गर्ने हरेक प्रतियोगितामा क्लबसंग सहकार्य गरिने प्रतिवद्धता ब्यक्त गरे ।

खेलकुद लगायत बिभिन्न सामाजिक क्षेत्रको विकासका लागि क्लबले आगामी दिनमा कार्ययोजना निर्माण गरी अघि बढ्ने योजना समेत बनाएको जनाएको छ ।

the authoradmin

Leave a Reply