Friday, August 21

एकीकृत समाजवादी बाराको जिल्ला अधिवेशन आउँदो ३० बैशाखमा हुने

नेपालअखबार, कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाराको जिल्ला अधिवेशन आउँदो ३० बैशाखमा कलैया उपमहानगरपालिकामा हुने भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी बाराको सोमबार कलैया स्थित एभरेष्ट होटेलमा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशन ३० बैशाखमा गर्ने निर्णय गरेको हो ।

Advertisement

यसैगरी बैठकमा बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पार्टीका केन्द्रीय सदस्य किसान श्रेष्ठ, मधेस प्रदेशका सांसद लक्ष्मी देवी, पालिकामा पार्टीको तर्फबाट बिभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई दोसल्लाह आढोई सम्मानित गर्दै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिईएको छ ।

Advertisement
Advertisement

बैठकले बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्ने लगायतकालाई पार्टीमा समायोजन गर्दै उनीहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । जिल्ला कमिटीको बैठक बस्नुभन्दा अघि पदाधिकारी तथा सचिवालय बैठकले गरेको निर्णय बैठकले अनुमोदन गरेको छ । जिल्ला अधिवेशन अघि क्षेत्र, पालिका, वडाको अधिवेशन सम्पन्न गर्न, सदस्यता वितरण, नविकरण लगायतका निर्णय समेत बैठकले गरेको छ । बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं मधेस प्रदेशका उपाध्यक्ष रामचन्द्र साहले संगठन विस्तार, निर्माण ध्यान दिन निर्देशन दिएका छन् ।

Advertisement

यसैगरी पोलिटव्यूरो सदस्य एवं वारा इन्चार्ज दिनेश राईले पार्टीलाई शसक्त बनाउँदै अगाडी बढनुको बिकल्प नभएको बताए । बारा जिल्लाको सबै पालिका, वडाहरुमा सदस्यता वितरण, नविकरण लगायतका काम तिब्र रुपमा अगाडी बढाउँदै संगठनलाई बलियो बनाउँने काममा लाग्न उनले निर्देशन दिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं सहइन्चार्जहरु श्रीप्रसाद पासवान, विभा कार्की, हिमाल खरेल, मधेस प्रदेश कमिटीका सदस्यहरु सुरेश मोदक, कृष्ण खनाल, गौरि ढकाल, शेशनाथ कुशवाहा, केन्द्रीय सल्लाहकार कमिटीका सदस्य छठु यादव, तेजप्रसाद चौधरी, निर्वाचन आयोग सदस्य बतहु यादव लगायतको विशेष सहभागिता रहेको थियो ।