राजनीतिविचार

ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार

नेपाली काँग्रेसका नेता अब्दुल सत्तारले पछिल्लो समय पार्टीभित्र देखिएको गुट उपगुटले कसैलाई फाइदा नपु¥याउने बताएका छन् ।

शिर्ष नेताहरु नै गुट–उपगुटमा विभाजित हुनुले कार्यकर्ता र जनतामाझ सकरात्मक सन्देश प्रवाह नभएको टिप्पणी गर्दै नेता सत्तारले यसले पार्टीलाई कमजोर बनाउनेमा चिन्ता ब्यक्त गरे । पार्टीका सभापतिलाई कमजोर बनाएर काँग्रेस बलियो बन्न नसक्ने उनको भनाई छ ।

‘अहिले कम्युनिष्ट बहुमतको सरकार छ, यो बेला त काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नु जरुरी छ’ सिभिलखबरसंगको कुराकानीमा उनले भने ‘पार्टीभित्रै आफु–आफुबिच लडेर, गुट बनाएर कसैलाई फाइदा गर्दैन, यसले पार्टीलाई कमजोर बनाउछ ।’

नेपाली काँग्रेसमा एकताको खाँचो रहेको औँल्याउदै सत्तारले पार्टीलाई बलियो बनाउने तर्फ नेताहरु गम्भिर हुनुपर्नेमा जोड दिए । ‘काँग्रेस गुटबन्दीले जकडिएको छ, गुटबन्दीले पार्टीलाई कमजोर बनाउछ, अवको गुटबन्दी व्यक्तिलाई बलियो हैन पार्टीलाई बलियो बनाउने हुनु पर्छ’ नेता सत्तारले भने ।

नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष समेत रहेका सत्तारले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताए ।

संविधानले दिएको अधिकार र स्वतन्त्रता समेत सरकारले खोस्दै गएको भन्दै उनले दुई तिहाईको दम्भले जनता आजित भएको टिप्पणी गरे ।

‘इतिहास मै सबैभन्दा बलियो सरकार बन्दा जनतामा केहि आशा पलाएको थियो तर परिस्थिती ठिक विपरित भइदियो’ उनले थपे ‘विकास, सम्बृद्धिका कुरा चटक्कै बिर्सेर झनै सरकार जनतामाथी जाइलाग्यो, अधिकार खोसिदै गयो, नागरिकका स्वतन्त्रताका कुरा कुण्ठित भयो ।’

‘वर्तमान सरकारले एक पछि अर्को प्रजातन्त्रको खम्वा ढाल्दै अगाडि वढेको छ, यस प्रति आम नागरिक सचेत हुन जरुरी छ’ संघका केन्द्रिय अध्यक्ष सत्तारले भने ।

पछिल्लो समय सरकार दलाल र भ्रष्ट्राचारीहरुको घेराबन्दीमा परेको उनको तर्क छ । दुई तिहाईको आडमा बिभिन्न विद्ययक ल्याएर जनताको स्वतन्त्रता हनन गरेको भन्दै उनले आक्रोश समेत ब्यक्त गरे ।

आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश ५ का मेराज अहमल (हलवाई) लाई मुस्लिम समुदायबाट समेत उम्मेदवार बनाएको प्रति खुसी ब्यक्त गर्दै उनले नेकपा सरकार धार्मिक स्वतन्तत्राको विपक्षमा रहेको बताए ।

बर्षौदेखि मुस्लिम लगायतका जातजातीहरुले आ–आफ्ना चाडपर्वमा पाउदै आएको विदा समेत कटौती गरेर सरकारले कम्यिुनष्ट शासनको झल्को दिएको आरोप लगाए । उनले कटौती भएका सबै जातजातीका चाडपर्वमा विदा पुर्नस्थापनाको समेत माग गरेका छन् ।

the authoradmin

1 Comment

Leave a Reply