
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर-पिपरा सडक खण्डको निरीक्षण गर्नुभएको छ ।
गृहजिल्ला रौतहटमा पुग्नु भएका अध्यक्ष नेपालले बुधवार एकाबिहानै सडक विस्तारको निरीक्षण गर्नुभएको छ । अध्यक्ष नेपालले यस सडक खण्डलाई महत्व दिँदै आउनुभएको छ । यतिबेला सडक विस्तारको काम चलिरहेको छ । निरीक्षणका क्रममा सडक विस्तारलाई तिव्रता दिन गुणस्तरीय र भरपर्दो काम गर्न निर्देशन दिनुभएको छ ।
मंगलबार गृहजिल्ला प्रस्थान गर्नुभएका अध्यक्ष नेपालले जिल्लामा भइरहेका अन्य विकास निर्माणको अवलोकन र निरीक्षण गर्दै आउनुभएको छ । अध्यक्ष नेपालको दुई दिन रौतहटमै बस्ने कार्यक्रम रहेको छ ।

