Thursday, April 30

मातहतका कार्यालयद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयको ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालले आफू मातहतका कार्यालयको ब्रिफिङ लिएका हुन्।

Advertisement

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले सो अवसरमा आफ्नो प्रस्तुति दिएका थिए।

ब्रिफिङमा कार्यालय प्रमुखले आफ्नो मातहतका कार्यालयको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहल, कार्यालयका समस्या र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री दाहालले अर्को दिन बाँकी कार्यालय प्रमुखको ब्रिफिङ सुनिसकेपछि निर्देशनात्मक मन्तव्य राख्नेछन्। रासस