Sunday, August 9

नेकपा एसको निर्देशन- जेठभित्र जिल्ला र कात्तिकभित्र सबै प्रदेशमा अधिवेशन गरिसक्नू

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माघ २१–२२ मा बस्नेगरी केन्द्रीय कमिटीको बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले बताए।

Advertisement

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा छलफल हुने उनले बताए।
पार्टी निर्णयलाई अनुमोदन गर्ने र विकसित परिस्थितिमा पार्टी, संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यसहित केही महत्वपूर्ण निर्णय गर्ने बताए।

Advertisement
Advertisement

बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल र समसामयिक प्रस्ताव पेश हुने उनको भनाइ छ। यस्तै, महासचिव भुसालले अन्तर संगठन निर्देशन(असनि)  जारी गर्दै पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने र पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने निर्देशन समेत दिएको छ।

Advertisement

वडाहरुमा २०८० वैशाख १५ भित्र, पालिका/विशेष इलाकामा वैशाख मसान्तभित्र, जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने र कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्देशन समेत गरेको छ।