Wednesday, April 29

अध्यक्ष नेपालबाट विपी स्मारकको शिलान्यास

नेपालअखबार,  रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा विपी स्मारकको शिलान्यास गर्नुभएको छ । केही दिनदेखि गृहजिल्ला रौतहटमा रहनुभएका अध्यक्ष नेपालले विकास निर्माणको निरिक्षण, नयाँ विकासको शिलान्यास गरिरहनु भएको छ ।

विहीबार हिन्दु संस्कारअनुसार विधि नै लगाएर विपी स्मारक तथा घण्टाघरको शिलान्यास गर्नुभएको हो ।

Advertisement

गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ ।