
नेपालअखबार, बांके। खानेपानी मन्त्री अब्दुल खानंलाई नेपालगन्जमा मुस्लिम समूदाय साथै मदिना नूरी मस्जिद परिवारले स्वागत गरेका छन् । मन्त्री खानले भने छिट्टै जनताले अनुभूति गर्न सक्ने गरि याेजना बनाएर काम परिणाम दिने गरि काम गर्ने बताए । सिंहदबारमा खानेपानीकाे नाममा ठूलाे धनराशी खर्च हुने गरेका छ । अब मेराे पहिलाे प्राथमिकता साे रकम खर्च कटाैटी गर्दै सरकाले उत्पादन गरेकाे पानी नै सिंहदरबारमा उपयाेग गर्न लगाउने छु । खानेपानीमा हुने गरेकाे खर्च अब जनताका घरदैलाे विकासमा खर्च हुने समय छिट्टै आउने मन्त्री खानले बताए ।
जनताले तिरेकाे करले सिंहदरबारमा प्राइभेट कम्पनिका खानेपानी खाने दिन चाडै नै अन्त्य हुने बताएका छन् । सिंहदरबारमा धाराबाट नै खानेपानी खाने व्यवस्था पनि गर्ने बताएका छन् । नेपाल सरकारले दिएकाे जिम्मेवारी पूरा गर्ने बताउदै जनताले गरेकाे विश्वस खेर जान नदिने बताए । जनताकाे जनगुनासाे सुन्न एकाइ छिट्टै खाडा हुने बताए ।
नेपाली जनताकाे शिर निहुरिने गरी कुनै काम गर्ने छैन । मेराे मतादातालाई पछुताउन पर्ने दिन किहले आउन नदिने मन्त्री खानले बताए । स्थानीय मुद्वा समास्यालाई समाधान गर्ने बताउदै स्वागत तथा सम्मानका लागि मदिना नूरी मस्जिद परिवारलाई मन्त्री खानले धन्यवाद दिए ।

स्वागत तथा सम्मान कार्यत्रममा मुफ्ती कैफूवरा खाँ, माेहम्मद जकि खाँ, सकिर खाँ लगाएतले मन्तव्य दिएका थिए ।


