Sunday, May 10

राष्ट्रपतिको निर्वाचनको मिति घोषण गर्न उपसभापति खड्काको माग

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। आइतबार विहान ट्वीट गर्दै  उपभापति खड्काकले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने भन्दै निर्वाचन आयोगले मिति तोक्नुपर्ने बताए ।

‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले लेखेका छन् ।

Advertisement

निर्वाचन आयोगले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने खड्काको भनाइ छ । गत सोबार बसेको कांग्रेस पदाधिकारी बैठक पनि समयमै राष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएको थियो । राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने कांग्रेसको तयारी छ ।