Sunday, May 10

अनेरास्ववियुको महाधिवेशनमा भित्तेलेखन नगरिने

नेपालअखबार, काठमाडाैं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने भएको छ।

प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गरिनेछ।

Advertisement

महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुनेछ।

महाधिवेशनलाई सूचना प्रविधीमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र काठमाडौँका मुख्य स्थान त्रिपुरेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उनले बताए।

जिल्ला कमिटीले आफ्ना जिल्लामा डिजिटल डिस्प्ले, स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ। रासस