
नेपालअखबार, बाँके । बाँके जिल्लामा अवस्थित राप्ती खानेपानी फिल्टर स्टेसन याेजनाकाे निरिक्षण खानेपानी मन्त्री अब्दुल खानंले गरेका छन् । निरिक्षणकाे त्रममा मन्त्री खानंले अब छिट्टै खानेपानीमा सरबलाई रहेका माफियाहरूकाे अन्त्य हुने बताएका छन् । खानेपानी नै जिवन हाे तर व्यवसायकाे नाममा खानेपानी बिक्रिविरण गर्ने त्रममा जनता लुट्न पाइदै भने ।
खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउदै मन्त्री खानंले भने अब सरकारले पनि खानेपानी बाेटल र जारबाट खानेपानी उत्पादन गर्ने याेजना बनाइ कार्यन्वयन गर्ने बताए । कर्मचारीलाई खानेपानी जनताकाे घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन दिएका छन् । खानेपानी जनताकाे माैलिक हकमा नै पर्ने हुदाँ जनताकाे अधिकारसंग कसैले खेलवाड गर्न नहुने यदि खेलवाड गरेकाे पाइएमा जाेकाेहिलाई पनि कार्वहिकाे दायरामा ल्याइने बताए । इमान्दारीका साथ काम गर्न कर्मचारीलाई मन्त्री खानले निर्देशन दिएका छन् ।

विभिन्न प्रदेशमा रहेका खानेपानी तथा खानेपानी फिल्टर स्टेसन याेजनाहरूलाइ प्रभावकारी रूपमा जनताले महशुस गर्ने गरि कार्यन्वयन गर्ने मन्त्री खानले बताए ।


