Tuesday, May 26

बाँकेमा समातिएका सांसद चौधरीलाई धनगढी ल्याइयो

नेपालअखबार, धनगढी । बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ । चौधरीलाई श्रीएयरलाइन्सको विमान मार्फत धनगढी ल्याइएको हो ।

चौधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जानकारी दिए ।

Advertisement

डीएसपी जोशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले कोहलपुरबाट पक्राउ गरेको थियो।  बाँकेबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो।

चौधरी पक्राउ परेकाे विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएको छ ।