धर्म/संस्कृतिप्रदेश ४समाज

भूकम्पले भत्काएको मन्दिर पुर्ननिर्माणमा स्थानीयको लगानी

२०७२ सालको भूकम्पले भत्काएको ताप्लेको अकला मन्दिर स्थानीयकै सकृयतामा पुर्ननिर्माण भएको छ । गोरखा नगरपालिका १ ताप्लेमा रहेको सो मन्दिर पुर्ननिर्माणका लागि स्थानीयले झण्डै ९ लाख रकम चन्दा मार्फत संकलन गरेका थिए ।

त्यस्तै मन्दिर निर्माणमा गोरखा नगरपालिकाबाट ५ लाख गरी कुल १४ लाख लागतमा मन्दिर पुर्ननिर्माण भएको हो ।

मन्दिरको मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरे । मन्दिर उद्घाटन गर्दै नगरप्रमुख पन्तले स्थानियको सक्रियतामा मन्दिर निर्माण हुनु गौरबको कुरा भएको भन्दै वडामा हुने अन्य बिकास निर्माणका काममा पनि सक्रिय हुन अनुरोध गरे ।

धार्मिक र ऐतिहासिक संरचनाको संरक्षणमा नगर जुटेको भन्दै पन्तले यसैबाट पर्यटन प्रवद्र्धन हुने विश्वास समेत ब्यक्त गरे ।

कार्यक्रमकै अवसरमा मन्दिर पुर्ननिर्माणमा सहयोग गर्ने चन्दादातालाई सम्मान समेत गरिएको छ । मन्दिर निर्माणका लागि होमबहादुर केसी र तोरण केसीले एक लाख ४० हजार, कल्पना भट्ट, डिल्लिराम भट्ट, बेलमाया भट्टले ६६ हजार छ सय ६६ र प्रेमबहादुर मल्लले ५० हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

५० हजार भन्दाबढि सहयोग गरेकाहरुलाई नगरप्रमुख पन्तको हातबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो । मन्दिर निर्माणमा सहयोग गर्ने अन्य स्थानीयालाई पनि प्रमाण पत्र बितरण गरिएको वडा अध्यक्ष हिक्मत बहादुर कुँवरले बताए ।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कमला भट्ट, अकलादेवी मन्दिर पुन निर्माण समिति अध्यक्ष कमल प्रसाद पनेरु, सचिव रेशम भट्ट लगायतले मन्तब्य राखेको स्थानीय युवा सुदिप पनेरुले जानकारी दिए ।

the authoradmin

Leave a Reply