Tuesday, May 26

सरकारलाई समर्थन गरेकै छौं, सरकारमा भने जाँदैनौं : झलनाथ खनाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफूहरु सरकारमा तत्कालै नजाने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सरकारलाई समर्थन भने राम्रो काम गरुन्जेलसम्म रहने बताए ।

Advertisement

समर्थन चाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल अथवा नराम्रो काम नगरुन्जेल । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन’, उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह पनि नगरेको बताए ।