Tuesday, May 26

राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समितिलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए ।

Advertisement

अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकिँदै गएकाले छिटोभन्दा छिटो सहमति गरेर जानुपर्ने बताएको एक वैकल्पिक केन्द्रीय सदस्यले बताए ।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सबैलाई स्वीकार्य हुनेगरी चयन गर्नुपर्छ भन्ने हाम्रो चाहना छ । जसले हामी सबैका अनुभवहरूलाई करेक्सन गर्न सकोस् । हामीले गर्न खोजेका कामहरू संविधान र ऐनका कानुनलाई पालना गर्ने व्यक्ति भएमा सजिलो हुन्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ति केन्द्रीय सदस्यले भने, ‘हामीले प्राप्त गरेका अनुभवले पनि राष्ट्रपति कुनै दलको इसारामा चल्दा के हुँदो रहेछ भन्ने राम्रोसँग भोगियौ । त्यसैले राष्ट्रपतिको विषयमा गहिरोगरी विचार गर्नुपर्ने अवस्था छ ।’

विगतका राष्ट्रपति रामशरण यादवदेखि विद्यादेवी भण्डारीसम्मले संविधान मिच्दा समस्या भोगेको प्रचण्डले बताए ।

राष्ट्रपति सेरमोनियल भएपनि कार्यकारी भूमिका खेल्न खोज्दा आफ्नो पहिलो सरकार नेकपा सरकार हुँदा भोगेका दुःख र संघर्षका विषयमा समेत अनुभव सुनाए । राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न एमाले, कांग्रेसलगायत सबै दलहरुसँग छलफल भइरहेको प्रचण्डले बताए । सबै दलको सहमतिमा राष्ट्रपति चयन भएमा संविधान र दलका निम्ति समेत अनुकूल हुने उनले बताए ।