राजनीतिविचारसमाचार

राष्ट्रपतिको निर्वाचनको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा छ -अध्यक्ष नेपाल

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष  माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी पुग्नुभएका अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा भन्नुभयो  “सबै पार्टीलाई समेटेर अगाडि पढ्नुपर्छ ”, , “हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ ।”

संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले  राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा  छिटो टुङ्गाउनु राम्रो हुने बताउनु भयो  ।  प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबलाई समेटेर जानुपर्नेमा सुझाव दिनुभयो ।

the authoradmin