राजनीतिसमाचार

प्रभावकारी र जनताका पक्षमा काम गर्न भन्दै अध्यक्ष नेपालद्वारा अर्थ मन्त्री शाहीलाई बधाई

नेपालअखबार, धनगढी । नेकपा ( एकीकृत समाजवादी ) बाट सुदूरपश्चिम सरकारमा सहभागी हुनु भएका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई पाटी अध्यक्ष माधव कुमार नेपालले बधाई सहित सम्मान गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा पाटीको तर्फ बाट सरकारमा सहभागी भई महत्वपूर्ण  मन्त्रालय को जिम्मेवारी प्राप्त गरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले खादामाला लगाएर शाहीलाई सम्मान गर्नु भएको हो ।

आइतबार नेकपा एकीकृत समाजवादी  सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको छैठौं बैठकलाई सम्बोधन  गर्न प्रदेश राजधानी धनगढी पुग्नु भएका अध्यक्ष माधव कुमार नेपालले मन्त्री शाहीलाई सरकारमा प्रभावकारी र जनताका पक्षमा काम गर्न समेत निर्देशन दिनुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकीकृत समाजवादी पाटी सरकारमा जान पद प्राप्त गर्न कुनै पनि हतारो नभएको भएपनि परिस्थिति अनुसार आफूहरू सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको बताउनु भयो । सातै प्रदेश मध्य  सुदूरपश्चिम प्रदेशमा पाटी सरकारमा सहभागी हुनुलाई पाटीले महत्वका साथ हेरिएको  र  नमुना काम गर्ने अपेक्षा गरिएको छ ।

the authoradmin