Sunday, May 3

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको बचाउमा ओलीजी ढाल बनेर निस्कनु भयो – नेता भुसाल

नेपालअखबार, काठमाडौँ । नेकपा  एकीकृत समाजवादी ) का नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको बचाउमा ढाल बनेर निस्केको बताउनु भएको छ ।

एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको भर्चुअल बैठकलाई  सम्बोधन गर्दै उहाँले ओली प्रवृत्तिको आलोचना गर्दै  राष्ट्रिय पूँजीको विकास नै आजको मुख्य कार्यभार रहेको उल्लेखगर्नुभयो । त्यसका लागि विचार मिल्ने वाम पार्टीहरूको एकता गर्ने पार्टीको लाइन रहेको भन्दै पार्टी सानो भयो भनेर मन खिन्न पार्न जरुरी नरहेको उल्लेख गर्दै  नेतृत्व भने सही हुनुपर्ने बताउनु भयो  । नेतृत्व खराब हुँदा ठूलो पार्टी भएर पनि नेकपा विघटन भएको नमिठो अनुभव आफूहरुसँग रहेको बताउनु भयो ।

Advertisement

प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा भएको बैठकमा अमेरिका,अस्ट्रेलिया, युरोप, खाडी र एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो।