Friday, July 3

अमेरिकी सेनाले लडाकु विमान प्रयोग गरी खसाल्यो अर्को मानवरहित वस्तु

नेपालअखबार, एजेन्सि। आफ्नो आकाशमा उडिरहेको अर्को एक अज्ञात मानवरहित वस्तुलाई अमेरिकी सेनाले खसालिदिएको छ।

Advertisement

राष्ट्रपति जो बाइडेनले आइतबार दिउँसो क्यानडाको सीमा नजिक पर्ने ह्युरन तालमा उडिरहेको उक्त अज्ञात वस्तु खसाल्न आदेश दिएका थिए।

Advertisement
Advertisement

उक्त वस्तुलाई एफ-१६ लडाकु विमानले स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजेर ४२ मिनेटमा खसालेको हो।

Advertisement

एक विज्ञप्ति जारी गर्दै पेन्टागनले २० हजार फिट (६,१०० मिटर) उचाइमा यात्रा गर्दा व्यावसायिक हवाई उडान असहज भएकाले खसाल्नु परेको स्पष्ट पारेको छ।

उक्त अज्ञात वस्तु पहिलो पटक शनिबार मोन्टनाका संवेदनशील क्षेत्रमाथि उडिरहेको पत्ता लगाइएको थियो। यद्यपि त्यसलाई रक्षा अधिकारीहरूले मानवरहित, अष्टभुज आकारको र सैन्य खतरा नभएको वस्तु भएको बताएका थिए।

अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने स्पष्ट पारेका छैनन्।

अमेरिका र क्यानडा दुवैले अहिले पनि ती वस्तुका अवशेषहरू प्राप्त गर्नका लागि काम गरिरहेका छन् तर अलास्काको मौसम प्रतिकुल भएकाले खोजी कार्य प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ।

यसअघि अमेरिकाले एउटा चीनीयाँ बेलुनलाई दक्षिण क्यारोलाइनाको तटमा फेब्रुअरी ४ मा गोली हानेर खसालेको थियो।

अमेरिकी अधिकारीहरूले उक्त बेलुनलाई जासुसीका लागि चीनले  उडाएको दाबी गरे पनि  चीनले उक्त वस्तुलाई जासुसीका लागि प्रयोग गरिएको अस्वीकार गर्दै त्यो मौसम अनुगमन गर्ने उपकरण भएको बताएको थियो।

त्यसपछि अमेरिकी लडाकु जेट विमानहरूले थप तीनवट उच्च उचाइमा देखा परेका उस्तै खाले वस्तुहरू खसालेका छन्।