Wednesday, July 22

अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौंमा

नेपालअखबार, काठमाडाैं । अमेरिकाकी उप-सहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन्।

Advertisement

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप-सहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछिन्।

Advertisement
Advertisement

भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।

Advertisement