Sunday, May 17

भारतीय विदेश सचिवले निवासमै पुगेर भेटे अध्यक्ष नेपाललाई

नेपालअखबार, काठमाडौँ ।  भारतीय विदेश सचिव विनय मोहन क्वात्राले  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा मंगलबार बिहान कोटेश्वर स्थित निवासमा पुग्नु भएको हो । भेटमा  पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

Advertisement

आज लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त  राउतलगायतलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

हिजो सचिव स्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री विमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।