नेपालअखबार, पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो ।
नेपालअखबार, पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो ।
ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो ।
बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।
गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए ।
दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।
नेपाल अखबार
अनलाइन मिडयाको मुख्य उद्देश्य समाजका विभीन्न तह राजनीतिक, आर्थिक, प्रासासिक, सामाजिक, माहिला,युवार तथा बालबािका विषयमा खोज तथाअनुसन्धान मुलक सत्यतथ्य समाचार सम्प्रेषण गर्ने छ । निष्पक्ष र सन्तुलित पत्रकारिता हाम्रो मूल धर्म हो ।
सम्पादक
जैनव खातुन
संवादाता
मुवाज आलाम
प्राविधिक
सैयदा खातुन
दर्ता प्रमाणपत्र ६२०/७४-७५
स्थायी लेखा नं./मूल्य अभवृद्धि कर नं. :- ६०६८७६७२६
लेखनाथ, मियापटन -१३ , पोखरा
फोन नं. ०६१५५१५४९ / ९८४६१५२९६७
ईमेल: Info.nepalakhabar@gmail.com
©Copyright 2022 . Nepal Akhabar