समाचारसमाज

महिलाहरु विच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Nepal Akhabar

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा वडामा सामाजिक क्षेत्रमा महिलाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अनिशा अधिकारी प्रथम, सरस्वती पौडेल द्धितिय, जमुना भण्डारी तृतीय र सृजना सापकोटा बराल सान्त्वना हुनुभएको छ । प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु.४ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा वडामा क्रियाशिल १२ जना महिला दिदीबहिनीको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, भद्रकाली माविका सहायक प्रध्यानाध्यापक लोकेन्द्र खनाल, अधिवक्ता गिता लामाछाने हुनुहुन्थ्यो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष राममोहन आचार्यले महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । वडा सदस्य तथा कार्यक्रम संयोजक सुनिता सुनारले यो कार्यक्रमले महिला दिदी बहिनीहरुको आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो । निर्णायक संयोजक दुर्गा अधिकारी मुल्याङ्गकनका विविध विषय हरेर मुल्याडक गरिने बताउनुभयो । कार्यक्रमको संचालन वडा सदस्य अर्जुन थापाले गर्नुभएको थियो ।

the authoradmin