Sunday, May 10

बुटिक विमानस्थलस् नियम बिपरितको सम्झौता

विमल विष्ट, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थल बनाउने नाममा नियम बिपरित दुई करोड ५० लाख रकम खर्च गरेको छ । नागरिक उड्डयन प्राधिकरण स्थित स्रोतले दिएको जानकारी अनुसार बुटिक विमानस्थल बनाउने नाममा निर्माण कार्यको टेण्डर नगरिकन केही व्यवसायिहरुसँगको मिलेमतोमा तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीले दुई करोड ५० लाख खर्च गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थलका लागि भएका खर्चहरु पारदर्शि नभएको महालेखा परिक्षकको प्रतिबेदनमा समेत उल्लेख छ । तत्कालिन महानिर्देशक क्षेत्रीको निर्देशनमा आर्थिक वर्ष २०७५÷७६ को जेठ महिनाको अन्तिम तिर बुटिक विमानस्थल बनाउने प्रक्रिया सुरु गरी सोही आर्थिक वर्षको असार महिनामा ३५ वटा कोटेसन ९शिर्षक० मार्फत उक्त बजेट बाडिएको पाइएको छ ।
सार्वजनिक खरिद ऐन नियमावलीमा बिपरित बुटिक विमानस्थल निर्माणको काममा कुनै पनि टेण्डर प्रक्रिया गरिएको थिएन । कुल ३५ वटा कोटेसन मार्फत प्रति कोटेसन ८ देखि १० लाख सम्मको रकम व्यवसायिहरुसँगको मिलेमतोमा बितरण गरी सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना नगरिएका हो । बुटिक विमानस्थल निर्माण गर्ने नाममा एउटै बजेट शिर्षकको निर्माण तथा खरिद कार्यमा टुक्रा÷टुक्रा गरी खरिद गरिएको पाइएको छ ।
यसरी रकम भुक्तानी गरिएका विषयमा महालेखा परिक्षकको वार्षिक प्रतिबेदनमा समेत उल्लेख गरिएको भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले सहजै रुपमा भुक्तानी प्रदान गरेको स्रोतको आरोप छ । सार्वजनिक खरिद ऐन मिचिएका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासोको विषय बन्नु पर्ने भएपनि अहिले सम्म अख्तियारले कुनैपनि चासो नदेखाएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘सामान्य विषयमा अख्तियारले चासो देखाउछ तर बुटिक विमानस्थल निर्माणका नाममा सार्वजनिक खरिद ऐन मिचि सामान खरिद गरिदा तथा रकम भुक्तानी हुँदा समेत चासो नदेखाउनु दुःखको कुरा हो, अब अख्तियारले चासो देखाउनु पर्छ ।’ बुटिक विमानस्थल निर्माणमा सबै जसो खरिद कार्य तत्कालै गर्नु पर्ने जस्तो जरुरी नहुँदा नहुँदै पनि टेण्डर प्रक्रिया नपु¥याई सार्वजनिक खरिद ऐन, नियमावली मिचि तत्कालिन महानिर्देशक क्षेत्रीले रकम भुक्तानी गर्दा समेत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वर्तमान कार्यसमितिले चासो नदिएको आरोप लागेको छ ।
प्राधिकरणको कार्यसमिति अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको छ । बुटिक विमानस्थल बनाउने नाममा निर्माण गरिएका कार्यको बिल भपाई भने सबै मिलाइएको स्रोतको दाबी छ ।