प्रदेश ४समाचारसमाज

लुदी दामगाडे वनमा पुनः कट्टेल

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहको १२ औं अधिवेशनले पुनः रामजीप्रसाद कट्टेललाई अध्यक्षमा सर्वसमत चयन गरेको छ ।

शनिबार भएको समुहको २६ औं साधारण सभा तथा १२ औं अधिवेशनले कट्टेललाई आगामी ३ बर्षका लागि अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा शरदबाबु कट्टेल र पशुपती खत्री, सचिवमा निर्मला कुवँर, सहसचिवमा हरीभक्त कट्टेल र कोषाध्यक्षमा भगीरथ केसी चयन भएका छन् ।

समुहका अध्यक्ष कट्टेलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गरेका थिए ।

the authoradmin

Leave a Reply