Saturday, July 4

राष्ट्रपति उम्मेदवार छान्न कांग्रेसले बोलायो बैठक

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति उम्मेदवार तय गर्न नेपाली कांग्रेसले बैठक बोलाएको छ।

Advertisement

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्।

Advertisement
Advertisement

देउवा निवास धुम्बाराहीमा आज बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।

Advertisement

राष्ट्रपति उम्मेदवार हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरूले आकांक्षा देखाएका छन्।

कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्नेबारे सुझाव लिन सभापति देउवाले बैठक राखेका हुन्।

सकेसम्म आजै उम्मेदवार तय गर्ने गरी छलफल गरिने बताइएको छ।

फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

कांग्रेसले चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँत्याएर राष्ट्रपति आफूले लिन खोजेको छ।

सभापति देउवासहित नेताहरूले बुधबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यसबारे कुराकानी गरेका थिए।