Wednesday, May 13

सांसद रहमानको असमाहिक निधन प्रति हार्दिक श्रद्धाञ्जली : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकाे संघय संसद श्री सहनाज रहमानकाे असमाहिक निधन प्रति हार्दिक श्रद्धाञ्जली ,अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा  गहिराे सम्वेदना साथै इन्न लिल्लाही व इन्ना इलैही राजिऊन खानेपानी मन्त्री अब्दुल खानले व्यत्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको  ह्रदयघातका कारण  निधन भएको छ । भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

उपचारको क्रममा उनको निधन भएको छ  । रहमान झापाकी हुन् । उनी जसपाका केन्द्रीय सदस्य हुन् ।