
नेपालअखबार, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले मुलुककाे हित,लाेकतन्त्र,सामाजिक न्याय,समाजवादका लागि आठ दलीय गठबन्धनले नेतृत्वकाे हुन आवश्यक रहेकाे दाबी गरेका छन् । नेपाली जनताकाे भराेसा , लाेकतन्त्र,सामाजिक न्याय,समाजवादकाे गरिमा राष्ट्रपतिले राख्ने विश्वास लिएकाे मन्त्री खानेले बताए ।
वर्तमान अवश्थामा समाजवाद र अग्रगामी परिवर्तनको लागि याे गठबन्धनबाट मात्र सम्भव बताए । मन्त्री खानले भने याे विशुद्ध लाेकतान्त्री गठबन्धन भएकाे बताए । आसन्न राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउन हाम्राे पार्टी प्रतिबद्ध छ गठबन्धनको उम्मेदवारलाई विजय गराउन जिम्मेवार हामी सबैकाे भएकाे बताए ।
मन्त्री खानले आसन्न२५ गते पछि बन्ने राष्ट्रतिले नागरिकता र राजबन्दीहरुकाे रिहाईकाे कानुन प्रमाणीकरण जति सक्दाे छिटाे गर्ने बताए । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिएको छ ।
गठबन्धनका दलहरूले यसअघि राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रसमेत बनाइसकेका छन् ।
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा तीनकुनेस्थित एक ब्याक्वेटमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरकि उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । पौडेलविरुद्ध एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई खडा गरेको छ ।

