Friday, July 3

मनाङमा हिमपात

नेपालअखबार, मनाङ । मनाङमा बिहीबारदेखि हिमपात भएको छ।

Advertisement

हिउँ परेपछि यहाँको जनजीवन कष्टकर भएको छ।

Advertisement
Advertisement

किसानहरू भने खुसी छन्। हिउँ परेपछि खेतीबाली लगाउन पाइन्छ। यहाँ आलुलगायत खेती हुने गर्छ। मंसिर, पुसमा हिउँ पर्‍यो भने चैतदेखि नै आलुलगायत खेती गर्न सजिलो हुने किसानहरू बताउँछन्।

Advertisement

यसपालि ढिला गरी हिमपात भएको हो। प्राय: मंसिरमै यहाँ हिमपात हुने गर्दथ्यो।

माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ।