Thursday, August 20

हुम्ला काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्षमा रावल

नेपालअखबार, काठमाण्डौ ।  नेकपा ( एकीकृत समाजवादी ) अन्तर्गतको हुम्ला काठमाण्डौ सम्पर्क मञ्चको भेला सम्पन्न भएको छ । भेलाले  हरि रावलको अध्यक्षतामा  १५ सदस्यीय हुम्ला काठमाण्डौ सम्पर्क मञ्च  सर्वसम्मतिले चयन गरेको छ  ।

Advertisement

मञ्चको उपाध्यक्षमा सुरेन्द्र बुढा ,सचिवमा प्रवजन उपाध्याय ,उपसचिवमा कलावती तामाङ र कोषाध्यक्षमा कविता शाही चयन हुनु भएको छ । मञ्चका सदस्यहरूमा  पुष्कर शाही , सरिता रम्तेल, धन रावल , मदन परिवार , मिजरा टमटा र धनलाल परिवार रहनु भएको छ ।

Advertisement
Advertisement

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णय अनुसार संगठन सुदृढीकरण अभियान अन्तर्गत सबै तहका कमिटी अद्यावधिक र पुनर्गठन गर्ने क्रममा विहीबार काठमाण्डौमा हुम्ला काठमाडौँ सम्पर्क मञ्चको भेला आयोजना गरिएको हो  ।

Advertisement

भेलालाई नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, पोलिटब्युरो सदस्य विजय गुरुङ, केन्द्रिय सदस्य  हस्त बहादुर शाही, देविलाल रावल, धनन्जय फडेरा, प्रेमा ओआमा, कमल खत्री लगायतका नेताहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।