राजनीतिविचारसमाचार

‘फुटाऊ र राज गर’ को बाटो त्याग्ने कि ओलीलाई मेटमणिको कटाक्ष

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का पोलिट्ब्युरो  सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गर्नु भएको छ ।

राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मत सहित विजयी भएपछि उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ  ‘अझै पनि राजनीतिमा ढाँटको खेती गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सधैँ भरिलाई एक्लो भइन्छ ।’

एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले केपी ओलीप्रति लक्षित गर्दै घमण्ड त्याग्न, सत्य कुरा गर्न र अरुले महसुस गर्ने गरि व्यवहारमा देखाउन सुझाउनु भएको छ ।  राष्ट्रपति निर्वाचन अघि माधव नेपालसँगको वार्तामा ओलीले ३ घण्टा गफ दिएको प्रसङ्ग कोट्याउदै सांसद चौधरीले फेसबुकमा लेख्नु भएको छ  ‘अरुको अपमान हुनेगरि ३ घण्टा बोलेर बहादुर र जान्ने भइन्छ भन्ने चेतनाबाट मुक्त बन । भ्रमको खेती नगर । अरु पनि बुझ्ने छन् भन्ने बुझिराख । अनि मात्रै राजनीतिमा पार पाइन्छ ।’

the authoradmin