प्रशासनसमाचार

कोल्हवी-५ का वडाध्यक्ष पक्राउ

नेपालअखबार, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् ।

वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।

वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

the authoradmin