Thursday, July 16

जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

नेपालअखबार, काठमाडाैं । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ।

Advertisement

शनिबार तीन दलबीच विभिन्न एजेन्डाहरूमा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Advertisement
Advertisement

‘तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ,’ सहमति पत्रमा उल्लेख छ।

Advertisement

यस पत्रमा अध्यक्ष राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन्।

उनीहरूबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ।

उपराष्ट्रपतिमा जनमत पार्टीले सत्तागठबन्धनकै तर्फबाट ममता झालाई उम्मेदवार उठाएको छ। यस्तै जनता समाजवादी पार्टीले पुरूष उम्मेदवार रामसहाय प्रसाद यादवलाई उठाएकोमा पनि जनमतले आपत्ति जनाएको छ।

योसँगै उनले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता नगर्ने पनि अध्यक्ष राउतले बताइसकेका छन्। जसपाले रामसहायको उम्मेदवारीमा समस्या आउन सक्ने भन्दै महिला उम्मेदवार प्रमिला यादवको पनि उम्मेदवारी दर्ता गराएको छ।

मधेश र थारूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजवन्दीहरूको रिहाइ, विगतका सहमति कार्यान्वय लगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति गरेको हो।