प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !

मोहसिन अलि मियाँ
गोरखा ।
बिहानै झिसमिसेमा बजारसम्म दुध पु¥याउन जानु गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षिया मनमाया तामाङको दैनिकी थियो । टर्च लाइट बाल्दै तिन माना दुध झोलामा हालेर उनि बिहान ६ बजे गाउँ नजिकैको छेवेटार बजार पुग्ने गर्थिन ।

शुक्रबार पनि उनको दिनचर्या उस्तै गरी सुरु त भयो तर अन्त्य हुन पाएन । घाम नझुल्किदै घरबाट निस्केकी तामाङलाई दुध बोकेर बजार निस्कदा बाटोमै टिपरले किच्यो र घटनास्थलमै ज्यान गयो ।

घरै नजिक रहेको गोरखकाली क्रसर उद्योगको परिसरबाटै पैदल हिडेकी तामाङको ग १ ख ८०२७ नम्बरको टिपरले एकाबिहान ज्यान लिएको हो । उनका ३ छोरा र ३ छोरी छन् ।


२५ वटा सवारीमा आगजनी र तोडफोड
एकाबिहानै क्रसरभित्र टिपरको ठक्करबाट तामाङको ज्यान गएको सुचना केहि समयमै गाउँमा फैलियो । एक्कासी घटनास्थलमा वरपरका झण्डै ५ सय मानिस भेला भए ।

घटनास्थलमा स्थानीय भेला मात्रै भएनन् एकैछिनमा क्रसरलाई रणसंग्राम समेत बनाए । त्यतिबेलासम्म जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिसपी बासुदेव खतिवडाको नेतृत्वमा टोली पुगिसकेको थियो ।

आक्रोशित भिडले प्रहरीकै अगाडी ठक्कर दिने टिपर तोडफोड गरेर आगजनी गरे । आक्रोश त्यतिमा मात्रै सिमित बनेन । उनिहरुले क्रसर परिसरमा रहेका अन्य १६ टिपर, ५ सेजिभी, १ एक्साभेटर र २ ट्याक्टरमा समेत तोडफेड गरे ।

उनिहरुको आक्रोश साम्य पार्न प्रहरीलाई हम्मेहम्मे प¥यो । तोडफोडसंगै अन्य टिपरमा आगजनीको प्रयास हुदा केहिबेर डिएसपी खतिवडा लगायतको टोलीसंग स्थानीयको धकेलाधकेल समेत प¥यो ।

घटनालगत्तै फरार रहेका टिपर चालक रामु विकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जनाएको छ ।


क्रसर बन्द र ५० लाख क्षतिपूर्तिको माग
घटना घटेपछि बिहिबार दिनभर छेवेटार तनावग्रस्त बन्न पुग्यो । आक्रोशित भिडलाई साम्य बनाउदै छलफलको टेवलसम्म पु¥याउन प्रशासनलाई हम्मेहम्मे प¥यो ।

दिउँसो करिब १ बजे प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सहितको टोली घटनास्थल पुगेपछि पिडित पक्ष वार्तामा बस्न राजी भए । घटनास्थल नजिकैको एक घरमा वार्ता सुरु भयो । पिडित पक्षबाट १५ जनाको समुह वार्ताका लागि आए ।

उनिहरुको २ वटा माग थियो । एउटा क्रसर बन्द गर्नुपर्ने र अर्को मृतकका परिवारलाई ५० लाख रुपैया क्षतिपूर्ति दिनुपर्ने । सबैले आ–आफ्ना कुरा राख्दै थिए तर एक्कासी वार्ता भइरहेको घरमा उत्तेजित एक समुहले ढुंगामुढा गर्न थालेपछि वार्ता रोकियो ।


प्रहरी चौकीमा सर्वपक्षिय वार्ता
त्यसको केहि समयपछि प्रशासनको पहलमा पुन गोरखा नगरपालिका ११ मा रहेको बाह्र किलो प्रहरी चौकीमा सर्वपक्षिय वार्ता भयो ।

प्रमुख जिल्ला अधिकारी लामिछानेको रोहवरमा बसेको सो वार्तामा क्रसर पक्षका सञ्चालक सुरेन्द्र कुवँर, राजनीतिक दलका प्रतिनिधीहरु नेकपाका यादव बस्नेत, नेपाली काँग्रेसका चन्दन बाबु खत्री, समाजवादी पार्टीका नारायण खत्री, गोरखा नगरपालिका १० का वडाध्यक्ष देवीबहादुर बस्नेत, ११ का वडाध्यक्ष रामबहादुर खड्का, मृतकका श्रीमान नेत्रबहादुर तामाङ सहित आफन्त लगायतको टोली थियो ।

१५ लाखमा सहमती, आफन्तले शव बुझे
सुरुमा ५० लाख रुपैया क्षतिपूर्तिको माग गरेका उनिहरु लामो समयको वार्तापछि १५ लाखमा सहमत भए ।

सर्वपक्षिय वार्ता निश्कर्षमा नपुगेपछि क्रसरधनी सुरेन्द्र कुवँर, प्रदिप कुवँर र पिडित पक्षबिच भएको गोप्य वार्तामा १५ लाखमा कुरा मिलेको हो ।

‘उहाँहरु गोप्य रुपमा दुई पक्ष बस्नुभयो, बाहिर आएर हामी १५ लाखमा मिल्यौ भनेर भने’ डिएसपी खतिवडाले सिभिलखबरसंग भने ‘लिखित पनि गर्नुभएको छ, पिडित पक्ष आजै शव बुझन राजी भएका छन् ।,’

the authoradmin

Leave a Reply