धर्म/संस्कृतिप्रदेश ३समाचारसमाज

युथ फर नेशनले ग¥यो पशुपति क्षेत्रमा सरसफाई

काठमाण्डौं । युवाहरुको संस्था युथ फर नेशनले पशुपति क्षेत्रमा सरसफाई सम्पन्न गरेको छ । हरेक हप्ताको सनिबार बिभिन्न क्षेत्रमा सरसफाई आयोजना गर्ने गरेको नेशनले यो हप्ता पशुपति क्षेत्रको सरसफाई गरेको जनाएको छ ।

करिब १५ जना युवाहरुको समुहले सनिबार बिहान सो क्षेत्रको सरसफाई गरेको नेशनका सल्लाहकार एवं प्रवक्ता सुलभराज बरालले जानकारी दिए ।

कार्यक्रममा अभियान्ता सरोज खड्का, भद्रगोल हास्य कार्यक्रममा काकु भनिने दिपक आचार्य र अनुमती नेपालीको समेत सहभागिता रहेको बरालले बताए ।

सो संस्थाले गत हप्ता समेत पशुपति क्षेत्रकै सरसफाई गरेको थियो । त्यस्तै आगामी हप्ताहरुमा भक्तपुर, बनेपा लगायतका धार्मिक एवं पर्यटकिय क्षेत्रहरुको सरसफाई गर्ने योजना रहेको प्रवक्ता बरालले सिभिलखबरलाई जानकारी दिए ।

the authoradmin

Leave a Reply