प्रदेश ४समाचारसमाजस्वास्थ्य

गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा

गोरखा । नेपाल रेडक्रश सोसाइटी गोरखकाली उपशाखाको १९ औं साधारणसभा सम्पन्न भएको छ ।

उपशाखा सभापति नवराजभक्त उपाध्यायको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला शाखाका सभापति भगवानबाबु मास्केको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपशाखाका सचिव सरद श्रेष्ठले बार्षिक रेडक्रश गतिविधी र कोषाध्यक्ष जनार्दन पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला शाखाका सभापति मास्के, गोरखा नगरपालिका ५ का वडाध्यक्ष रामकुमार थापा मगर, गोरखकाली उपशाखाका उपसभापति टेकबहादुर थापा मगर लगायतले मन्तब्य राखेका थिए ।

साधारण सभाकै अवसरमा उपशाखा र द्रब्यशाह युवा स्रोता समुहको संयुक्त आयोजनामा पश्चिमकाली मन्दिर पसिरको सरसफाई समेत गरिएको बताइएको छ ।

त्यस्तै शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको बुंकोट उपशाखाको समेत १६ औं साधारणसभा सम्पन्न भएको छ ।

उपशाखाका सभापति मदन प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, रेडक्रशका जिल्ला शाखा सभापति भगवानबाबु मास्के, वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाई लगायतले बोलेका थिए ।

साधारणभामा सचिव जिवन अम्गाई र कोषाध्यक्ष विभा राना मगर प्रतिवेदन प्रस्तुत गरेको राजेश श्रेष्ठले जानकारी दिए ।

the authoradmin

Leave a Reply