Friday, May 22

नेपाल सरकार स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन लागि परिरहेकाे छ : मन्त्री खान 

नेपालअखबार, काठमाडाैं । नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा  नेपालकाे तर्फवाट सम्वाेधन गरेका छन् ।  द यूनाइटेड  नेशन्स २०२३ वाटर कन्फ्रेन्स ( The United Nations 2023 Water Conference)  मा सहभागि हुन उनी अमेरिका पुगेका हुन् । यहि  मार्च २२ देखि २४ गते सम्म संचालन हुने उक्त सम्मेलनमा भाग लिन विश्वका सबै देशका प्रतिनिधिहरू अहिले अमेरिका  भेला भएका छन् । मन्त्री खानले  नेपालकाे तर्फवाट सम्वाेधन गर्दै  भाैगाेलिक विकटताका कारण नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध  गराउन नसकिएकाे  बताएका  छन् । तराइमा जमिनवाट निस्केकाे पानीमा आर्सेनिक, फ्लाेराइड जस्ता पदार्थ हुनाले त्यस्ताे पानी सिधै प्रयाेग गर्दा विभिन्र राेग लाग्ने सम्भावना रहन्छ ।  खाेलामा बग्ने  पानीमा ढल देखि विभिन्न खालका फाेहाेर पदार्थहरू मिसावट हुने भएकाले स्वस्च्छ खानेपानी हाल सम्म २५ प्रतिशत मात्र नेपाली जनताकाे पहुँचमा रहेकाे उनले बताएका छन् ।

नेपालकाे संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचकाे हक   प्रदान गरेकाे छ । संविधानले ताेकेकाे जनताकाे यस  संवैधानिक अधिकार पूरा गर्नु नै आफ्नाे कर्तव्य रहेकाे मन्त्री खानले बताए ।

Advertisement