Friday, May 22

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।नवनियुक्त आईजीपी कुँवरल  प्रहरीकाे आन्तरिक शुदिकरण आफ्नाे प्राथमिकता  हुने बताएका छन् ।

Advertisement