पर्यटनप्रदेश ४मनोरञ्जनसमाचारहाइलाइट-समाचार

भूकम्पको केन्द्रबिन्दुमा प्याराग्लाईडिङ

गोरखा । भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा शुक्रबार प्याराग्लाईडिङ परीक्षण गरिएको छ ।

पोखरामा प्याराग्लाईडिङ गर्दै आएका पाईलटसँगको सहकार्यमा बारपाकका युवाहरुले परीक्षण उडान गरिएकाे हाे ।

परीक्षणको क्रममा दुईवटा टोली करिब ३० मिनेटसम्म उँडेका थिए । आधा घण्टासम्म आकासमा सयर गर्दा बारपाकका धेरै घर, रमणीय दृष्य, आसपासका डाँडाकाँडा र हिमालको दृष्य देखिएकाले प्याराग्लाइडिङ उडानका लागि बारपाक अति उत्तम रहेको निश्कर्ष टोलीको रहेको स्थानीय खुशी घलेले जानकारी दिए ।

आउँदो फागुन १० गते पृथ्वी क्लव गोरखाले आयोजना गर्न लागेको गोरखादेखि बारपाकसम्मको मोटरसाईकल ¥यालीको अवसर पारेर उक्त दिन पनि प्यराग्लाईडिङ गर्ने योजना रहेको उनले बताए ।

the authoradmin

Leave a Reply